यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
गजुरी । प्रथम गजुरि गाउँपालिका अध्यक्ष कप खुल्ला राष्ट्रिय ब्याटमिन्टन प्रतियोगिताको जिल्ला स्तरीय पुरुष युगल ‘सी’ लेभल मा गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठको टिम प्रथम भएको छ । गजुरीका गोबिन्द श्रेष्ठ र अध्यक्ष गणेशलाल श्रेष्ठको टिम पहिलो हुन सफल भएको हो । लक्ष्मण मल्ल ठकुरि र राम मल्ल ठकुरि तथा निश्चल खत्रि र प्रविन लिंकथेपको फाईनल भिड्न पुगेका थिए । यसमा राष्ट्रिय पुरुष युगलमा लक्ष्मण मल्ल ठकुरि र राम मल्ल ठकुरि प्रथम भएका हुन् ।
स्वास्थ्यको लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मुख्य नारासहित ब्याटमिन्टन प्रतियोगिता समापन भएको हो । गजुरि गाउँपालिकाले पहिलो पटक आयोजना गरेको प्रतियोगितामा जम्मा १३५ टिमको सहभागिता रहेको थियो ।
प्रतियोगितामा राष्ट्रिय पुरुष युगल, राष्ट्रिय ४५ प्लस भेट्रान पुरुष युगल, जिल्ला स्तरीय पुरुष युगल ‘बी’, जिल्ला स्तरीय पुरुष युगल ‘सी’ का खेलहरु समाबेस भएका थिए ।
राष्ट्रिय पुरुष युगल तर्फ प्रथमलाई ५० हजार, द्वितियलाई ३० हजार र सेमिफाईनलिष्टलाई १० हजार, भेट्रान पुरुष युगल तर्फ प्रथमलाई ३५ हजार, द्वितियलाई २५ हजार र सेमिफाईनलिष्टलाई १० हजार, पुरुष युगल ‘बी’ तर्फ प्रथमलाई ३० हजार, द्वितियलाई २० हजार र सेमिफाईनलिष्टलाई १० हजार र पुरुष युगल ‘सी’ तर्फ प्रथमलाई २५ हजार, द्वितियलाई १५ हजार र सेमिफाईनलिष्टलाई ६ हजार पुरस्कार रहेको थियो ।
गजुरी गाउँपालिकाको आयोजना तथा गजुरी ब्याडमिन्टन क्लव गजुरीको सहआयोजनामा भएको कार्यक्रमको समापन कार्यक्रममा गजुरि गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठ, उपाध्यक्ष शर्मिला बिसुराल, गजुरि वडा नम्बर १ का अध्यक्ष तारा भण्डारि, वडा नम्बर ६ का अध्यक्ष कर्ण बहादुर तामाङ, पत्रकार लगायतको उपस्थितीमा प्रतियोगीता सम्पन्न भएको हो ।