|  

आजदेखि देशभर दादुरा–रुवेलाविरुद्ध खोप अभियान

१३ फाल्गुन २०८०, आईतवार १५:०४ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौं । आज आइतबारदेखि दादुरा–रुवेलाको खोप देशब्यापी रूपमा लगाइँदैछ । जाजरकोट र पश्चिमरुकुम बाहेकका ७५ जिल्लामा फागुन १३ देखि चैत ७ गतेसम्म खोप अभियान सञ्चालन गर्न लागेको हो ।

सो अभियानअन्तर्गत काठमाडौँ जिल्लामा मात्रै पाँच लाख ९७ हजार तीन सय पाँचजना बालबालिकालाई खोप लगाइनेछ । जसअनुसार काठमाडौंमा १ हजार ६ सय ७० खोप केन्द्र तोकिएको छ । विद्यालय र वडा कार्यालयमा रहेका स्वास्थ्य संस्थामा खोप लगाउने जनाएको स्वास्थ्य मन्त्रालय बिहान १० देखि दिउँसो ४ बजेसम्म खोप अभियान सञ्चालन हुनेछन भने ९ महिनादेखि पाँच वर्षसम्मका बालबालिका सो खोप अभियान सहभागी हुँदैछन् ।

काठमाडौंका १० स्थानिय तहमा फागुन १३ गतेदेखि नै खोप अभियान सञ्चालन हुने भए पनि काठमाडौँ महानगरपालिका क्षेत्रमा भने फागुन १६ देखि २९ गतेसम्म खोप अभियान सञ्चालन हुने जनाइएको छ । काठमाडौँ दादुरा–रुवेलाको अतिसंक्रमित जिल्ला हो । गत वर्ष काठमाडौँ जिल्लामा दादुरा–रुवेला फैलिँदा २२५ जना संक्रमित र एक जनाको मृत्यु भएको थियो । गत वर्ष १९ जिल्लामा यो महामारीका रूपमा फैलिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

१३ फाल्गुन २०८०, आईतवार १५:०४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस