यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
फागुन १६, काठमाडौँ । नयाँ बानेश्वरस्थित संसद् भवन प्रवेश गरेका लघुवित्त पीडितहरूलाई प्रहरीले थुनामा राखेर अनुसन्धान गर्ने भएको छ । सोमबार संसद् भवन प्रवेश गर्ने ४९ जना पक्राउ परेका थिए ।
सार्वजनिक शान्तिविरूद्धको कसुरमा जिल्ला प्रशासन कार्यालयबाट सात दिनको म्याद लिएर अनुसन्धान थालेको काठमाडौं प्रहरीका एसपी नवराज अधिकारीले जानकारी दिए । सोमबार निषेधित क्षेत्र तोडेर उनीहरू संसद् भवन प्रवेश गरेका थिए । प्रहरीका अनुसार पश्चिमतर्फको २ नम्बर गेटमा रहेका सुरक्षाकर्मीलाई धकेल्दै उनीहरू भित्र प्रवेश गरेका थिए ।
उनीहरूलाई काठमाडौका विभिन्न प्रहरी हिरासतमा राखिएको छ । यसअघि सोमबार नै लघुवित्त पीडितहरू संसद् भवन परिसरमा छिरेको प्रकरणमा प्रहरीले छानबिन समिति पनि बनाइसकेको छ । घटना छानबिनका लागि प्रहरी महानिरीक्षक वसन्त कुँवरले प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० दिनेशराज मैनालीको संयोजकत्वमा तीन सदस्यीय समिति बनाइसकेका छन् ।