|  

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै, नेताहरूको जिम्मेवारी हेरफेर हुने

१६ फाल्गुन २०८०, बुधबार १०:१० प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


फागुन १६, काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्दैछ । केही दिनदेखि निरन्तर छलफलमा रहेका नेताहरूले आजको बैठकबाट पार्टीका नेताहरूको जिम्मेवारी हेरफेर गर्ने र थप प्रभावकारी बनाउने तयारी गरेका छन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकले पार्टीको आगामी जागरण अभियानबारे तयारी र नेताहरूको जिम्मेवारी बाँडफाँटबारे टुंगो लगाउने उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । नेताहरूका अनुसार बैठकले प्रदेश इन्चार्जहरूको हेरफेर गर्ने तयारी छ ।

एक नेताका अनुसार प्रदेश इन्चार्जका लागि कोशीमा हरिबोल गजुरेल, मधेशमा लीलामणि पोखरेल, बागमतीमा अग्नीप्रसाद सापकोटा, गण्डकीमा दिनानाथ शर्मा, लुम्बिनीमा चन्द्रप्रकाश खनाल, कर्णालीमा कालीबहादुर मल्ल र सुदूरपश्चिममा गिरिराजमणि पोखरेलको नाम प्रस्ताव भएको छ ।

१६ फाल्गुन २०८०, बुधबार १०:१०  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस