|  

माओवादीको निर्णय :राष्ट्रिय सभा अध्यक्षमा आफ्नै उम्मेदवार उठाउने

१६ फाल्गुन २०८०, बुधबार १५:२९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौ । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छ । सत्ता गठबन्धनले राष्ट्रिय सभा चुनावमा नेपाली कांग्रेसका नेता कृष्ण सिटौलालाई अघि सार्ने चर्चाकाबीच माओवादीले आफ्नै उम्मेदवार पठाउने निर्णय गरेको हो ।

माओवादीको स्थायी कमिटी बैठकमा हिजो धेरैजसो नेताहरूले राष्ट्रिय सभा अध्यक्षमा दाबी प्रस्तुत गर्नुपर्ने अडान राखेका थिए । संवैधानिक आयोगका पदाधिकारी नियुक्ति सिफारिस गर्ने छ सदस्यीय संवैधानिक परिषद्को सदस्यसमेत हुने भएकाले कांग्रेस र माओवादी केन्द्र दुवै दलले राष्ट्रिय सभा अध्यक्ष आफनो दलका नेतालाई बनाउन चाहेका छन् ।

राष्ट्रिय सभा अध्यक्षको चुनाव यही फागुन २९ गते हुँदैछ । राष्ट्रिय सभा सदस्यका लागि गएको माघ ११ गते भएको चुनावबाट १९ जना विजयी भएका छन् । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० जना सदस्यको कार्यकाल आउँदो २१ गते सकिँदैछ ।

यस्तै माओवादी केन्द्रले मधेसरतराई राष्ट्रिय जागरण अभियान चैत १५ गतेदेखि र हिमाल–पहाड–मधेस राष्ट्रिय एकता अभियान वैशाख १५ गतेदेखि गर्ने निर्णय गरेको छ । स्थायी कमिटी बैठकले मिटरब्याज पीडित, लघुवित्त पीडित र दुग्ध उत्पादक किसानको समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण समेत गराएको छ ।

१६ फाल्गुन २०८०, बुधबार १५:२९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस