|  

म्याग्दीमा जलविद्युत आयोजना निर्माणका क्रममा पाँच वर्षमा २२ मजदुरको मृत्यु

१७ फाल्गुन २०८०, बिहीबार १२:०१ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


म्याग्दीमा जलविद्युत आयोजना निर्माणका क्रममा पाँच वर्षमा २२ मजदुरको मृत्यु्

काठमाण्डौँ । जलविद्युत आयोजना निर्माणका क्रममा म्याग्दीमा पाँच वर्षमा २२ जना मजदुरको मृत्यु भएको छ । सबैभन्दा बढी अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधिन ११० मेगावाट क्षमताको निलगिरीखोला जलविद्युत आयोजनामा १२ जना मजदुरको मृत्यु भएको छ ।

बेनी स् म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा करेन्ट लागेर जलविद्युत आयोजनाका एकजना मजदुरको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् । योसँगै म्याग्दीमा निर्माणाधिन जलविद्युत आयोजनामा पछिल्लो ५ वर्षयता ज्यान गुमाउने मजदुरको संख्या २२ र घाइते हुनेको संख्या ४ पुगेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

आर्थिक वर्ष २०७५/७६ देखि २०८०/०८१ को हालसम्म म्याग्दीमा निर्माणाधिन जलविद्युत आयोजनामा कार्यरत योगीसहित २२ जना मजदुरले ज्यान गुमाएका र ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीको तथ्याङ्क छ ।

‘आयोजना स्थलमा लडेर,चिप्लिएर,करेन्ट लागेर तथा डोजर, ब्याकुहोलोडर, ट्याक्टर, जिप दुर्घटना हुँदा ज्यान गुमाएको देखिन्छ,’ उनले भने ‘जलविद्युत आयोजनामा हुने दुर्घटना र मजदुर सुरक्षा चुनौति बनेको छ ।’

ज्यान गुमाएका मजदुरका आफन्तलाई बिमा,राहत र क्षतिपुर्तिका विषयलाई लिएर आयोजना, निर्माण कम्पनी पन्छिन चलखेल गर्ने गरेका मजदुरहरुले गुनासो गरेका छन् । कार्यस्थलमा सुरक्षा सामग्री नभएको, निर्माण व्यवसायीले सुरक्षाका सामग्री मजदुरले प्रयोग नगरेका र कम्पनीहरुले पनि सुरक्षाका सामग्री प्रयोगमा अनिवार्य नगरेका कारण मजदुरहररूले ज्यान गुमाएका राईको भनाइ छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका म्याग्दी प्रतिनिधि अमृतप्रसाद पौडेलले जलविद्युत आयोजनामा लापरवाही र असावधानिका कारण मजदुरको ज्यान जाने गरेको बताए । मजदुरको सुरक्षाको विषयमा जलविद्युत आयोजना,निर्माण कम्पनीका सञ्चालकहरुलाई जिम्मेवार र जवाफदेही बनाउनुपर्ने उनको भनाइ छ ।

१७ फाल्गुन २०८०, बिहीबार १२:०१  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस