यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौं । संसद भवन परिसर छिरेका लघुवित्त ऋणीहरूलाई प्रहरीले हाजिरी जमानीमा छाडेको छ । काठमाडौं प्रहरी परिसरले मंगलबार पक्राउ परेका सबै ४९ जनालाई छाडेको हो ।
म्याद थपेर उनीहरुलाई हाजिरी जमानीमा छाडिएको काठमाडौं प्रहरी प्रवक्ता नवराज अधिकारीले बताए । तीन दिनअघि संसद बैठक चलिरहेका बेला लघुवित्तले आफूहरूलाई पीडित बनाएको दाबी गर्ने समूह प्रहरीलाई ठेल्दै भवनभित्रै प्रवेश गर्न खोजेको थियो ।