|  

हवाई माध्यमबाट मात्र भित्रिए फेब्रुअरीमा ९७ हजार जनाभन्दा धेरै पर्यटक

१९ फाल्गुन २०८०, शनिबार ११:४२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । सन् २०२४ को फेब्रुअरी महिनामा ९७ हजार चार सय २६ जना विदेशी पर्यटक हवाई माध्यमबाट मात्र नेपाल भित्रिएका छन् । यो सङ्ख्या अघिल्लो वर्ष अर्थात सन् २०२३ को तुलनामा ३३ प्रतिशत धेरै हो । सन् २०२३ को फेब्रुअरीमा ७३ हजार दुई सय ५५ जना पर्यटक हवाइमार्गबाट नेपाल भित्रिएका थिए ।

यस्तै कोरोना महामारी शुरु हुनु भन्दा अघिको वर्ष अर्थात सन् २०१९ को फेब्रुअरीको तुलनामा ९५ दशमलव १२ प्रतिशत कम मात्रै पर्यटक आएका नेपाल पर्यटन बोर्डले जनाएको छ । सन् २०१९ अहिलेसम्म सबैभन्दा बढी पर्यटक नेपाल भित्रिएको वर्ष हो ।

नेपालमा पर्यटकीय सिजन मार्चदेखि शुरु हुने भएकोले यो वर्ष पर्यटक सङ्ख्या उल्लेख्य बढ्ने सम्भावना रहेको उहाँले बताउनुभयो । गएको फेब्रुअरी महिनामा सबैभन्दा धेरै भारतीय पर्यटकको सङ्ख्या २५ हजार ५ सय ७८ जना रहेको छ । स्थलमार्गबाट आउने पर्यटकको सङ्ख्या गणना नहुने भएकोले भारतीय पर्यटकको सङ्ख्या अझै धेरै हुन्छ ।

१९ फाल्गुन २०८०, शनिबार ११:४२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस