|  

बाँसबारी छाला जुत्ता कारखानाले हडपेको जग्गा राज्यकै नाममा आउँछ : गृहमन्त्री श्रेष्ठ

१९ फाल्गुन २०८०, शनिबार १२:३० प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौं । बाँसबारी छाला जुत्ता कारखानाले हडपेको सरकारी जग्गा सरकारको नाममा आउनेमा शंका गर्नै नपर्ने उपप्रधान तथा गृहमन्त्री नारायण काजी श्रेष्ठले बताएका छन् । आज ललितपुरको पाटनमा आयोजित ‘गृहमन्त्री सँग समृद्धि र सुशासनका कुरा’ नामक अन्तरक्रिया कार्यक्रममा उनले सुशासन र संमृद्धिका लागि ब्युरोक्रेसिका उच्च तहका मान्छे र राजनीतिमा पहुँच राख्ने सम्पतिशाली मान्छेले जे पनि गर्न सक्छन् भन्ने कुरालाई आफूले खण्डित गरेरै छाड्ने बताए ।

बाँसबारी जुत्ता कारखानाले सरकारी जग्गा हडपेको प्रकरणमा व्यत्तिगत रुपमा कसैलाई केही नभन्ने उल्लेख गरेका उनले कारखानाले हडपेको उक्त जग्गा सरकारको नाममा ल्याउनेमा आफू विश्वस्त रहेको बताए ।

आर्थिक, सामाजिकलगायत हरेक क्षेत्रमा सुशासन स्थापित गर्न खोजिरहेको उल्लेख गरेका उनले नेपालमा राम्रो काम गर्न कठिन भएको बताए । आफूले जुनसुकै ठूला प्रकरणमा ठूला मान्छेलाई समात्ने वित्तिकै दबाब र धम्की आउने गुनासो गृहमन्त्रीले गरे ।

 

१९ फाल्गुन २०८०, शनिबार १२:३०  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस