|  

‘विगतको गल्ती स्विकार्दै बामपन्थी एकताको अध्याय पुन: सुरू’ : माओवादी

२१ फाल्गुन २०८०, सोमबार १२:०५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


फागुन २१, काठमाडौँ । नेकपा माओवादी केन्द्रले विगतमा बामपन्थी एकता भंग गरेर नेपाली कांग्रेससँग गठबन्धन गर्नु गल्ती भएको स्विकार गरेको छ ।

नयाँ राजनीतिक परिस्थितिमा बसेको माओवादी पदाधिकारी बैठकले विगतमा बामपन्थी एकता भंग गर्नु गलत भएको स्विकार गर्दै नयाँ एकताका लागि पहल गरेको हो ।

‘आजै एकताको कुरा त होइन तर फेरि पनि सरकार पुनर्गठनको प्रसङ्गसँगै हिजोको गल्ती स्विकारेर नेपालको बामपन्थीहरू फेरि एक हुने अध्यायको सुरुवात भएको छ ।’ बैठकपछि माओवादी नेता देवेन्द्र पौडेललेभने ।

उनका अनुसार नेकपा एमालेसँग गठबन्धन गर्ने निर्णयमा पुग्ने जनाएको माओवादीले माधवकुमार नेपाल नेतृत्वको नेकपा एसलाई पनि तत्कालका लागि गठबन्धनमा समेटेर लैजाने भन्ने निर्णय पनि भएको छ ।

२१ फाल्गुन २०८०, सोमबार १२:०५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस