यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
फागुन २१, काठमाडौँ । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।
विशेष परिस्थितिका कारण प्रतिनिधि सभाको आजको बैठक फागुन २४ गते बिहीबार बिहान ११ बजेका लागि सूचना टाँसेर स्थगित गरिएको सभामुख देवराज घिमिरेका प्रेस विज्ञ शेखर अधिकारीले जानकारी दिए ।
आज बिहान ११ बजेका लागि बोलाइएको थियो । बैठक एकाएक विकसित राजनीतिक घटनाक्रमका कारण अन्यौलमा परे पछि सभामुख घिमिरेले राजनीतिक दलसँग संवाद गरेपछि बैठक स्थगितको अवस्थामा पुगेका हुन ।