|  

गजुरीमा सञ्चालित नि:शुल्क आँखा शिविर सम्पन्न, ६४ जनाको मोतियाबिन्दुको अपरेसन

२१ फाल्गुन २०८०, सोमबार १८:२९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी । गजुरी गाउँपालिकामा सञ्चालित नि:शुल्क आँखा शिविर सम्पन्न भएको छ । गजुरी गाउँपालिकाभरि रहेका आँखाका बिरामीहरुको लागी लक्षित गर्दै यो कार्यक्रम सञ्चालन गरिएको थियो ।

दुई सञ्चालन भएको शिविरबाट ६४ जनाले मोतिया बिन्दुको अपरेसन गर्नुपरेको अध्यक्ष गणेशलाल श्रेष्ठले बताउनुभयो ।
तिल गंगा आँखा अस्पताल काठमाण्डौको प्राबिधिक सहयोगमा सञ्चालन भएको कार्यक्रममा ८ सयभन्दा बढीले लाभ लिएको गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठले बताउनुभयो ।

भौगोलिक हिसाबले विकटमा रहेका गाउँ, टोलमा पनि यो सुबिधा पुगेकामा अत्यन्तै खुशी लागेको उपप्रमुख शर्मिला बिसुरालले जानकारी दिनुभयो । पालिका प्रमुख श्रेष्ठले जनताको समस्यालाई मध्यनजर गर्दै पालिकाले घरआगनसम्मै शिविर सञ्चालनमा ल्याएको भन्दै सबै नागरीकलाई सेवा लिन आग्रह गरे ।

२१ फाल्गुन २०८०, सोमबार १८:२९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस