|  

हरेक बिपद्मा अध्यक्ष श्रेष्ठको हात फैलिँदै : घाटबेशी बस दुर्घटनाका घाईतेहरुलाई न्यानो कपडा !

२३ फाल्गुन २०८०, बुधबार १७:५५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी । गजुरी गाउँपालिका सरकारले आज घाटबेशीमा दुर्घटना भएका घाईतेहरुलाई न्यानो कपडा बितरण गरेको छ । गजुरी ५ घाटबेशीमा आज बिहान लु २ ख २१२१ नम्बरको सिदार्थ यातायातको बस त्रिशुली नदीमा खस्दा ७ जनाको मृत्यु भएको थियो भने ४१ जना घाईते भएका थिए । कपिलबस्तुबाट काठमाण्डौ जाँदै गरेको बस ओभर स्पिडका कारण दुर्घटना भएको ईलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।

घाईतेहरुको उद्धारपछि गजुरीमा रहेको गजुरी सामुदायिक अस्पतालमा उपचार गरिएको थियो । उपचारमा पुगेका घाईतेहरुलाई पालिका अध्यक्ष गणशलाल श्रेष्ठले न्यानो कपडा बितरण गर्नुभएको हो । गजुरी गाउँपालिकाले हरेक बिपद्मा सहयोग गर्दै आईरहेको छ । उद्धारका लागी पालिका प्रहरी लगायत असहायको सेवा सुबिधामा गजुरी गाउँपालिकाले निकै राम्रो काम गरेको स्थानियहरुको भनाई छ । घाईतेहरुलाई न्यानो कपडा बितरण गर्दै अध्यक्ष श्रेष्ठले बिपद्जन्य घटनामा गजुरी गाउँपालिकाले धेरै ठाउँमा सहयोग गरेको बताउनुभयो । उहाँले सामाजिक कामसँगै पालिकालाई सबैको साझा घरको रुपमा बिकास गर्न खोजेको बताउनुभयो ।

बिहान दुर्घटनामा घाईते भएकाहरु सामान्य रहेको र चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

२३ फाल्गुन २०८०, बुधबार १७:५५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस