|  

नवनियुक्त मन्त्रीहरूको सपथको समय सर्‍यो, साँझ ५ः४५ बजे हुने

२३ फाल्गुन २०८०, बुधबार १७:२२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौं । आज थप भएका मन्त्रीहरुको सपथ ग्रहण समारोह सरेको छ । साँझ ५ बजे हुने भनिएको सपथ ग्रहण अब ५ः४५ बजे हुने भएको छ । प्रधानमन्त्रीको सचिवालयले राष्ट्रपति भवनमा समय सरेको जानकारी दिएको छ ।

उता, ‘सर्त पुरा गरे मात्रै’ सरकारमा सहभागी हुन सक्ने निर्णय नेकपा एकीकृत समाजवादीले गरे पछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यतिखेर नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाइ बालुवाटारमा कुरिरहेका छन् ।

उनीसँगै उपाध्यक्ष प्रवेश हमाल र महासचिव घनश्याम भुसाल पनि बालुवाटार पुगेको प्रचार विभाग प्रमुख जगन्ननाथ खतिवडाले जानकारी दिएका छन् ।

प्रधानमन्त्री प्रचण्डले अध्यक्ष नेपालसँग कुराकानी गरे पछि मात्रै सपथ ग्रहण समारोहमा सहभागी हुन शितल निवास जानेछन् । जसका कारण सचिवालय बैठक सकिने बितिक्कै नेकपा एसका अध्यक्ष उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल लिएर बालुवाटार हिडेका छन् ।

 

२३ फाल्गुन २०८०, बुधबार १७:२२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस