|  

रूसी सेनामा नेपालीलाई भर्ना नगर्न र भएकालाई फिर्ता गर्न कूटनीतिक दबाब दिइरहेका छौँ : प्रधानमन्त्री

२४ फाल्गुन २०८०, बिहीबार १५:५२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रूसी सेनामा नेपालीको भर्ती अवैध भएको जानकारी रूसी सरकारलाई गराइसकिएको र रूस जाँदा ‘नो अब्जेक्सन सर्टिसफिकेट’ एनओसी अनिवार्य गरिएको बताएका छन् ।

आज ९बिहीबार० को प्रतिनिधिसभाको बैठकमा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले रूसी सेनामा नेपाली नागरिकलाई भर्ना नगर्न र भर्ना भएकालाई नेपाल फिर्ता गर्न कूटनीतिक प्रयास अघि बढाइएको स्पष्ट पारेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले रूसी सेनामा भर्ना भई निधन भएका नेपाली नागरिकको शव स्वदेश फिर्ता ल्याउने, मृतकका परिवार तथा घाइतेलाई क्षतिपूर्ति उपलब्ध गराउने र युक्रेनी सेनाले बन्धक बनाएका नागरिकलाई स्वदेश फिर्ता गर्ने सम्बन्धमा सम्बन्धित देशका अधिकारीसँग संवाद भइरहेको जानकारी दिए ।

२४ फाल्गुन २०८०, बिहीबार १५:५२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस