|  

निर्वाचन आयोगले रेशम चौधरीलाई दिएन मान्यता

२४ फाल्गुन २०८०, बिहीबार १७:०० प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौं । निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरीलाई मान्यता दिन अस्वीकार गरेको छ ।

हत्या अभियोगमा अदालतमा दोषी ठहर भएका व्यक्तिले दलको नेतृत्व गर्न कानुनले नदिने भन्दै आयोगले विहिबार चौधरी अध्यक्ष हुन अयोग्य रहेको ठहर गरेपछि उनको अध्यक्ष बन्ने सपना अधुरै बनेको हो ।

चौधरी अयोग्य ठहर भएसँगै तत्काललाई उनकी पत्नी रन्जिता श्रेष्ठ नै अध्यक्ष कायम भएकी छन् । चार कारण देखाएर आयोगले चौधरीलाई अयोग्य ठहर गरेको हो ।

 

२४ फाल्गुन २०८०, बिहीबार १७:००  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस