|  

चार वटा सवारीसाधन एकआपसमा ठोक्किँदा दाङमा ७ जना घाइते

२५ फाल्गुन २०८०, शुक्रबार १५:०४ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाङको अर्जुनखोला पुलमा चार वटा सवारी साधन एकैपटक दुर्घटनामा पर्दा ७ जना घाइते भएका छन्। एकै स्थानमा स्कार्पियो जिप, अटो रिक्सा, मोटरसाइकल र स्कुटर दुर्घटनामा परेका हुन्।

महेन्द्रनगरबाट काठमाडौँतर्फ जाँदै गरेको प्र ३–०१०२२ च १७५७ नम्बरको स्कार्पियो र विपरीत दिशाबाट आउँदै गरेको रा १ ह ६९१२ नम्बरको अटोलाई ठक्कर दिएको थियो। लगत्तै अटोको पछाडि रहेका रा २ प ५३८० नम्बरको मोटरसाइकल र रा ७ प ३५२६ को स्कुटरसमेत ठक्कर खाएर दुर्घटना भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिए।

प्रहरीले चार वटै सवारीसाधन र स्कार्पियो चालक गोदावरी नगरपालिका–७ देविचौर ललितपुर निवासी ३१ वर्षीय दिनेशमान तामाङलाई पक्राउ गरेको छ।

 

 

२५ फाल्गुन २०८०, शुक्रबार १५:०४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस