|  

सरकारमा सहभागी हुन अन्य राजनीतिक दललाई एमालेको आग्रह

२५ फाल्गुन २०८०, शुक्रबार १९:५१ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । सत्तारूढ नेकपा एमालेले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुन अन्य राजनीतिक दलहरूलाई पनि आग्रह गरेको छ ।

आज बिहान पार्टी मुख्यालय च्यासल ललितपुरमा बसेको पार्टी सचिवालय बैठकले नयाँ सत्ता समीकरणले देशको विद्यमान सङ्कटलाई समाधान गर्न अनुकूलता कायम गरेको निष्कर्ष निकाल्दै एमालेले त्यसलाई साथ र समर्थन गर्न अन्य राजनीतिक दलहरूलाई पनि आग्रह गरेको हो ।

एमाले महासचिव शङ्कर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको पाँच राजनीतिक दलहरू सम्मिलित गठबन्धन सरकारलाई साथ र समर्थन गर्न अरू दलहरूलाई पनि अनुरोध गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

त्यसैगरी एमालेले आउँदो वैशाख १० गते नेकपा स्थापना दिवस मनाउन विशेष समारोह गर्ने निर्णय गरेको छ । त्यसअघि वैशाख ८ र ९ गते पार्टीको महाधिवेशन प्रतिनिधि परिषद् बैठक पनि बस्ने निर्णय भएको महासचिव पोखरेलले जानकारी दिनुभयो ।

२५ फाल्गुन २०८०, शुक्रबार १९:५१  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस