|  

सरकारद्वारा राजपत्रमा २ हजार ६ सय ७४ सहिदको सूची प्रकाशन

२५ फाल्गुन २०८०, शुक्रबार १९:५५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । नयाँ राजनीतिक गठबन्धनपछि बनेको सरकारले सहिदको ताजा सूची सार्वजनिक गरेको छ । राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि भएका विभिन्न आन्दोलन, सशस्त्र संघर्ष र क्रान्तिमा सहादत प्राप्त गरेका दुई हजार छ सय ७४ जनालाई सहिद घोषणा गरेको हो ।

गत पुष २४ गतेको मन्त्रिपरिषद्को निर्णय बमोजिम सहिद घोषणा गरी राजपत्रमा सूचना समेत प्रकाशन गरिएको छ । अधिकांश २०५८ साल यता सहादत प्राप्त गरेकाहरुको नाम सूचीमा समावेश छ ।

२५ फाल्गुन २०८०, शुक्रबार १९:५५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस