|  

गजुरी–८ मा लोक गीत प्रतियोगीता : मेधावी साना किसानले हात पार्‍यो नगद १० हजार !

२५ फाल्गुन २०८०, शुक्रबार २०:४७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी । गजुरी गाउँपालिका वडा नम्बर ८ को प्राङ्गणमा लोक गीत प्रतियोगीता सम्पन्न भएको छ ।
महिला दिवसको अबसरमा गजुरी गाउँपालिकाले आयोजना गरेको प्रतियोगितामा जम्मा ८ समुहको सहभागीता रहेको थियो । ११४औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अबसर पारेर आयोजना भएको प्रतियोगितामा प्रमुख अतिथीका रुपमा गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठ, बिषेश अतिथीमा उपाध्यक्ष शर्मिला बिसुराल तथा बिभिन्न वडा अध्यक्षहरु, प्रतियोगी महिला, स्थानिय लगायतको उल्लेख्य सहभागीता रहेको थियो ।
प्रगतिशिल महिला समुह, मेधावी साना किसान कृषि सहकारी, गजुरी पिडा माबि, चम्पा कालिका महिला समुह, कुपिण्डे आमा समुह, चैनपुर आमा समुह, नमुना आयआर्जन समुह र किराञ्चोक माबिको सहभागीता रहेको महिला सम्बन्धी लोग गीत प्रतियोगीतामा मेधावी साना किसान कृषि सहकारी संस्था ७७.७० नम्बर ल्याएर प्रथम, प्रगतिशिल महिला समुह ७७.६६ नम्बर सहित दोस्रो, कुपिण्डे आमा समुह ७५ अंकसहित तेस्रो र किराञ्चोक माबि ७१.३३ अंकसहित सान्त्वना भएका छन् ।

महिला हिंसा, महिला अधिकार, महिला जागरण लगायतका सवालमा बनाईएका गीतहरु प्रस्तुत गरिएको थियो ।
प्रमुख अतिथी गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठले महिला अधिकारका बिषयमा बारम्बार आवाज उठाउँदै आएको भन्दै महिलाले आफ्नो अधिकार लिन कुनै कसर बाँकी राख्न नहुने बताउनु्भयो । नेपालकै प्रमुख तहसम्म महिला पुगिसकेको र अधिकांस पालिकाहरुमा महिला नै उपप्रमुख रहेकाले पनि महिला आवाज अब माथी जानुपर्ने बताउनुभयो । महिलाहरु घरको काममा मात्र सिमित नभई अब जागरणका कामसँगै अगाडी बढ्ने दिन आएको बताउनुभयो । पुरुष सरह महिलापनि हरेक क्षेत्रमा सक्षम हुन्छन् भन्ने कुरालाई अब अक्षरश देखाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
यसैक्रममा बिषेश अतिथीका रुपमा रहनुभएका उपाध्यक्ष शर्मिला बिसुरालले महिलाहरुको हरेक क्षेत्रमा आफ्नो साथ र सहयोग रहने कुरामा जोड दिनुभयो । महिला अधिकारका कुरा गररिरहँदा एकल महिलाहरु, असहाय महिलाहरुलाई पनि निराश हुने अबस्थाको अन्त्य हुनेपर्नेमा जोड दिनुभयो । महिलाहरुको हरेकक आवाजमा अगाडी बढ्दै जानेमा उहाँको जोड थियो । एकै मरण नहुने र एकल महिलाहरु भाग्यले अजम्बरी जस्तै दिर्घ जिवन लिएकोमा गौरव गर्न ढाडस समेत दिनुभयो ।
कार्यक्रममा उपस्थित वडा नम्बर ६ का अध्यक्ष कर्ण तामाङ, वडा नम्बर ७ का अध्यक्ष बद्री प्रसाद जमकट्टेल, वडा नम्बर ८ का अध्यक्ष देवराज ओझा लगायतले पनि महिला अधिकारका बिषयमा आफ्ना भनाईहरु राख्नुभएको थियो ।
प्रतियोगीतामा प्रथम, द्धितिय, तृतिय,सान्त्वना तथा सहभागीहरुलाई प्रमाणपत्रका साथमा क्रमश १० हजार, ७ हजार, ५ हजार, ३ हजार तथा १ हजार बितरण गरिएको थियो । प्रतियोगीतामा प्रथम बनेको समुहलाई गाउँपालिका अध्यक्ष श्रेष्ठले सुरुमै राम्रो लाग्यो भन्दै एक हजार दिनुभएको थियो ।
हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । यस वर्षको नारा ‘महिलामा लगानी, मर्यादित समुन्नत समाजको थालनी’ भन्ने रहेको थियो ।

२५ फाल्गुन २०८०, शुक्रबार २०:४७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस