यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन भएन भनेर चलेको हल्ला उचित नभएको बताएका छन् । शनिवार काठमाडौँमा मोतीदेवी स्मृति केन्द्रले गरेको पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले राजनीतिक व्यवस्था परिवर्तनसँगै मान्छेको अवस्था पनि परिवर्तन भएको बताए ।
अवस्था परिवर्तन नभएको भन्ने हल्ला मा चलेको उल्लेख गरे । पहिलाको समयमा महिलाहरू राजनीतिमा अघि नबढेको र अहिले मन्त्री भइरहेको उनले बताए ।
उनले राज्यका हरेक निकायमा ३३ प्रतिशत महिला सहभागिता बाध्यकारी रहेको र अब ५० प्रतिशत पुर्याउनुपर्ने जिम्मेवारी रहेको बताए । महिला सशक्तीकरणको आन्दोलनमा एमाले अग्र भागमा रहेको पनि दाबी गरे ।