यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौं । नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा अध्यक्षको उम्मेदवार भोलिसम्म टुंगो लगाउने बताएको छ । शनिबार बसेको माओवादी संसदीय दलको बैठकमा अध्यक्ष तथा संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले भोलिसम्म उम्मेदवार टुंगो लगाउने बताएका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।
एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता सामाजवादी पार्टीबीच राष्ट्रियसभा अध्यक्ष माओवादी केन्द्र र उपाध्यक्ष नेकपा एमालेले लिने सहमति भएको थियो । माओवादी केन्द्रमा अध्यक्ष पदका लागि मुख्य ३ जना आकांक्षी देखिएका छन् ।