|  

ढुंगेल दम्पतीले गरे माइली राईलाई १५ हजार सहयोग

२९ फाल्गुन २०८०, मंगलवार १०:५५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


फागुन २९, काठमाण्डौँ । श्रीमान् गुमाएकी नुवाकोटकी ५६ वर्षीया माइली राईलाई नुवाकोट बेलकोटगढी नगरपालिका– ४ का रुद्र ढुंगेल र मीरा घिमिरे दम्पतीले सहयोग गरेका छन् । ढुंगेलदम्पती माइली राईको परिवार किरिया बसेको ठाउँ पशुपति क्षेत्र पुगेर सहयोग गरेका हुन् ।

उनीहरूले शव उठाएको ठाउँदेखि किरिया नउठुन्जेलसम्मको खर्च आफूले व्यहोरिदिने भने पनि पीडित परिवारले अरू खर्च दुःखले टरिसकेको, तर खानाको लागि ८–१० हजार भए हुन्छ भनेपछि आफूहरूले १५ हजार रुपैयाँ दिएर फर्किएको रुद्र ढुंगेलले बताए ।

आफूले दिएको त्यति रकमले उनीहरू असाध्यै खुसी भएको उनले बताए । नुवाकोटको लिखु गाउँपालिका– ४ रानीटार स्थायी घर भएकी माइलीको परिवार काठमाडौंको खुसिबुमा बस्दै आएको छ ।

२९ फाल्गुन २०८०, मंगलवार १०:५५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस