यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
चैत्र २, काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज शुक्रबार बस्दैछ ।
गत फागुन २८ गते बोलाइएको बैठक विकसित राजनीतिक घटनाक्रमका कारण हिजोका लागि तय गरिएको बैठक स्थगित भएपछि शुक्रबारका लागि बोलाइएको हो । बैठक पेरिसडाँडा, कोटेश्वरस्थित केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्ने जनाइएको छ ।
बैठकमा विधान अधिवेशनबाट अनुमोदन विधान, पदाधिकारी र केन्द्रीय नेताहरूको कार्य विभाजन, अब हुने पार्टीको अभियानको तयारी, विकसित राजनीति घटनाक्रम लगायत एजेन्डामा छलफल गरिने बताइएको छ ।