यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
चैत्र २, काठमाण्डौँ । नेपाल स्टक एक्सचेञ्ज र सहायक कम्पनी सिडिएस एण्ड क्लियरिङ लिमीटेडले होल्डिङ अवधिको आधारमा पूँजीगत लाभकर निर्धारण गर्नुपर्ने प्रस्ताव गरेका छन् ।
पूँजीबजार सुधारका लागि बजारको नियामक धितोपत्र बोर्डमा १५ बुँदे सुझावमा उनीहरुले यस्तो प्रस्ताव गरेका हुन् । उनीहरुले बुझाएको लिखित सुझावमा ५ वर्षभन्दा बढीको होल्डिङमा पूँजीगत लाभकर नलाग्ने व्यवस्था हुनुपर्ने भनिएको छ ।