यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
गजुरी । आदर्श माध्यमिक विद्यालय गजुरीका दलित,जनजाति,अपाङ्ग छात्र छात्रा विद्यार्थीलाई बिहिबार छात्रवृत्ति वितरण गरिएको छ ।
शैक्षिक सत्र २०८० को दलित,जनजाति र अपाङ्गता भएको विद्यार्थीहरुलाई लक्षित गरी छात्रवृत्ति वितरण गरिएको विद्यालयका प्रधानाध्यापक सुरेश कुमार बस्नेतले जानकारी दिनुभयो ।
छात्रबृत्ति रकम जम्मा १ लाख ३१ हजार ३०० सय रुपैयाँ वितरण गरिएको बिद्यालयले जनाएको छ ।
कार्यक्रम गजुरी गाउँपालिकाका अध्यक्ष श्री गणेशलाल श्रेष्ठको प्रमुख आतिथ्य, गजुरी वडा नंं १ का अध्यक्ष श्री तारानाथ भण्डारीको विशेष आतिथ्य तथा विव्यस अध्यक्ष श्री राजकुमार उप्रेती अध्यक्षता सगसगै विद्यालयका शिक्षक तथा अभिभावकज्यूहरूको रोहवरमा चेपाङ ३५ सत प्रतिशत छात्रा १५०, दलित १२२ र अपाङ्ग ५ गरी कुल ३१२ जना छात्रछात्राहरूलाई शैक्षिक सत्र २०८० को छात्रवृत्ति वितरण गरेको बिधालय प्र।अ सुरेश कुमार बस्नेतले बताउनुभयो ।