गजुरी । धादिङको गजुरी गाउँपालिकाको गाउँ सभा तथा १३औं अधिवेशन सम्पन्न भएको छ । गाउँपालिकाले छात्रबास सभाहलमा चालू आर्थिक बर्ष ०८०र८१ को हाल सम्मको प्रगति विवरण तथा विभिन्न विधेयक पारित गर्दै गाउँपालिकाको १३औं अधिवेशन सम्पन्न गरेको हो ।
गाउँ सभामा चालू आर्थिक बर्षको बजेट तथा कार्यक्रमको समिक्षा प्रगति विवरण गाउँपालिका उपाध्यक्ष शर्मिला बिसुरालले प्रस्तुत गर्नुभएको थियो । उहाँले विषयगत क्षेत्रमा भएका प्रगती विवरण सभा समक्ष प्रस्तुत गर्नुभएको हो । साथै अनुमानित आय ब्यय पनि प्रस्तुत गर्नुभयो ।
सभामा उपाध्यक्ष बिसुरालले भौतिक पुर्वाधार, शिक्षा, स्वास्थ्य, कृषी तथा पशु विकास, सामी परियोजना, महिला तथा बालबालिका र राजश्व तर्फको प्रगती विवरण प्रस्तुत गर्नुभएको हो । यस्तै उहाँले फागुन मसान्त सम्मको बजेट कार्यान्वयनको अवस्था, बोलपत्र मार्फत सञ्चालन भएको योजनाहरुको विवरण सहित वडागत विनियोजित बजेटको प्रगती समिक्षा सभामा प्रस्तुत गर्नुभएको छ । सभा मार्फत विभिन्न विधेयकहरु पनि पारित भएका छन् ।
यस्तै सभा मार्फत कार्यपालिकाबाट सँसोधन भएका योजनाहरुको अनुमोदन तथा वडा कार्यालउ र गाउँपालिकाबाट सँसोधन भएको योजना तथा कार्यक्रमहरु पनि सर्वसम्मतले पारित भएको हो ।
गाउँसभाको बैठकमा हालसम्मको समिक्षात्मक प्रस्तुती प्रस्तुत गरिएको हो । चालु आवको पाmगुन २० गतेसम्मको आर्थिक बिवरणमा संघिय सरकार समानिकरण अनुदान तर्फ १३ करोड ७६ लाख, ससर्त तर्फ १८ करोड ६६ लाख, राजस्व बाँडफाँड तर्फ ९ करोड ५७ लाख, ६१ हवार, संघिय समपुरक अनुदानमा ७५ लाख, बिषेश अनुदानमा २ करोड १५ लाख, प्रदेश समानीकरण अनुदानमा १ करोड ४९ लाख ६२ हजार रहेको छ भने प्रदेशतर्फ सशर्त अनुदानमा १ करोड ७२ लाख ५४ हजार, राजस्व बाँडफाँडमा १ करोड ९० लाख २ हजार क्रमश रहेको आर्थिक बिकास समिती सदस्य ऋषीलाल श्रेष्ठले प्रस्तुत गर्नुभयो ।
कार्यक्रममा गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठले गजुरीका हरेक बिकासमा आफ्नो साथ रहने बताउनुभयो । पार्टीगत रुपमा हेरेर पक्षपात गर्ने भावना कहिल्य पनि नभएको र त्यसो गर्नपनि नहुने बताउनुभयो । समग्र गजुरी गाउँपालिकाको बिकासमा आफ्नो ध्यान केन्द्रित रहेकाले बजेट हरेक ठाउँअनुसार थपघट भएपनि महत्वका आधारमा सबैले प्राथमिकता पाउने कुरामा कुनै शैका नगर्न पनि आग्रह गर्नुभयो ।
गाउँसभा तथा अधिवेशनमा गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठ, उपाध्यक्ष शर्मिला बिसुराल, ८ वटै वडाका अध्यक्षहरु, गाउँपालिका कर्मचारी तथा सदस्यहरु, अन्य बदाधिकारी तथा पत्रकार लगायतको सहभागीतामा गाउँसभा सम्पन्न भएको हो ।यसैगरि सभा मार्फत अनलाइनखबरका अनुसार नेपालका ५० प्रभावशाली महिलाको सूचीमा गजुरी गाउँ पालिका वडा नम्बर छ कि महिला वडा सदस्य संगिता चेपाङलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
भिडियो हेर्नुहोस् :
For Facebook Live : Click the Link _ https://www.facebook.com/100069071006612/videos/1605222293569677