यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौं । राष्ट्रिय सभाका दुईवटा विषयगत समितिले सभापति पाएका छन् । संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको सभापतिमा सोनाम गोल्जेन शेर्पा र विकास, आर्थिक मामिला तथा सुशासन समितिको सभापतिमा कमला पन्त निर्वाचित भएका हुन् । उनीहरुले आजै पद तथा गोपनीयताको शपथ लिएका छन् । उनीहरुलाई राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले शपथ खुवाए ।
दुई समितिको सभापतिमा एकमात्रै उम्मेद्वारी परेपछि शेर्पा र पन्त निर्विरोध निर्वाचित भएका थिए । त्यसअघि सोमबार नै बसेको दुईवटा समिति बैठकले उनीहरुलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको थियो ।