|  

रजैया-दरदरा मोटरेवल पुल मुख्य मन्त्री शालिकराम जम्कटेलद्वारा शिलान्यास

५ चैत्र २०८०, सोमबार १४:२९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी । रजैया दरदरा मोटरेवल पुल बागमती प्रदेशका माननीय मुख्य मन्त्री शालिकराम जम्कटेलद्वारा शिलान्यास भएको छ ।
प्रदेश सरकारद्वारा बिनियोजन बजेट अन्तरगत मनहरी गा पा वडा ९ र ५ जोड्ने मोटरेवलपुल आज एक कार्यक्रम बिच सम्पन्न भएको हो ।

लामो समय देखि बन्न नसकेको यो पुल नया प्रदेश सरकार बनेसँगै जनताको गुनासो सम्बोधन गर्दै यो बजेट ८०र८१ बजेट बिनियोजन भएको थियो ।
मोटरेवल पुल २४०७९१७०६.९८ कम्पनीले सम्झौता भएको पुल को ३ बर्ष भित्र निर्माण सम्पन्न गर्ने सम्झौता गरीएको छ ।

पुर्वाधार विकास कार्यालय आयोजना सम्पन शिलान्यास कार्यक्रम बागमती प्रदेशका मुख्य मन्त्री शालिकराम जम्कटेल ,भौतिक पुर्वाधार बिकास मन्त्री युवराज दुलाल सामाजिक विकास मन्त्री कुमारी मोक्तान , पुर्व स्वास्थ मन्त्री बिरोध खतिवडा प्रदेश सासंस एकलाल श्रेष्ठ ,मनहरी गापा अध्यक्ष उपाध्यक्ष लगायत उल्लेखनीय जनताको सहभागीतामा शिलान्यास कार्यक्रम सम्पन्न भएको छ ।

५ चैत्र २०८०, सोमबार १४:२९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस