|  

मध्यपहाडी लोकमार्ग छोटो र सुरक्षित बनाउने विषय सरकारको उच्च प्राथमिकता : प्रधानमन्त्री दाहाल

६ चैत्र २०८०, मंगलवार १४:१४ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मध्यपहाडी लोकमार्ग छोटो बनाउन सरकारको उच्च प्राथमिकता रहेको बताएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा एमालेका सांसद गोकुल बाँस्कोटाले राजमार्ग लामो भएकाले पुनर्रेखांकन गर्न सम्भव छ कि छैन भन्ने प्रश्न गरेका थिए ।

जवाफमा प्रधानमन्त्रीले भने, “राजमार्गका कतिपय स्थानमा सुरुङ तथा अग्ला पुलहरू निर्माण गरी राजर्मागलाई छोटो र सुरक्षित बनाउने विषय नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको छ ।” उनले आफ्नो पहिलो प्रधानमन्त्री कार्यकालमा २०६५ सालमा मध्यपहाडी लोकमार्गको रेखांकन गरिएको बताए । राजर्मागको कुल लम्बाई १८७९ मध्ये हालसम्म १२५९ किलोमिटर सडक डेडिकेटेट डबल लेनमा स्तरोन्नति भएको जानकारी गराए ।

त्यस्तै, १३७ मध्ये ३३ पुल निर्माण भइसकेको बताए । उनले जग्गाधनी प्रमाणपत्र वितरण गर्न तथा बाँकी काम शीघ्र सम्पन्न गरिने बताए ।

६ चैत्र २०८०, मंगलवार १४:१४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस