यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । नाइजेरियामा अपहरणकारी समूहहरूले पछिल्ला दुई दिनमा १०० भन्दा बढी व्यक्तिको अपहरण गरेका छन् ।
नाइजेरियाको उत्तरपश्चिमी राज्यमा विद्यालयबाट करिब २५० भन्दा बढी विद्यार्थीलाई अपहरण गरेको एक हप्तापछि अपहरणकारीले पछिल्ला दुई दिनमा १०० भन्दा बढी व्यक्तिको अपहरण गरेको स्थानीय बासिन्दा र अधिकारीहरूले सोमबार एएफपीसँग बताएका छन् ।
काडुना राज्यको काजुरु इलाकामा गत सप्ताहन्तमा छुट्टाछुट्टै अपहरणका घटना भएका थिए । स्थानीय सरकारका अध्यक्ष इब्राहिम गजेरेका अनुसार आइतबार राति काजुरु स्टेसनमा बन्दुकधारीले ८७ जनालाई अपहरण गरेका छन् ।