|  

धादिङ गजुरी एक नम्बर वडामा भूमिहीन सुकुम्बासी, दलित र अव्यवस्थितलाई निस्सा वितरण !

६ चैत्र २०८०, मंगलवार १६:४५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी । धादिङ गजुरी गाउँपालिका १ नम्बर वडामा भूमिहीन सुकुम्बासी, दलित र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउन निस्सा वितरणको काम सुरु गरिएको छ । भूमि प्राप्तिका लागि परेका निवेदनलाई लगत प्रणालीमा प्रविष्ट गर्ने काम सकिएलगत्तै निस्सा वितरणको काम पनि सुरु गर्न थालिएको हो । गजुरी वडा नम्बर २ मा लगत संकलन तथा निस्सा बितरण भईसकेकोमा अहिले एक नम्बरमा यो अभियान सञ्चालनमा रहेको वडा नम्बर १ का वडा अध्यक्ष तारा नाथ भण्डारीले जानकारी दिनुभयो ।

राष्ट्रिय भूमि आयोग जिल्ला समिति धादिङले गजुरी एकमा रहेका २ सय ४३ जना अब्यबस्थित बसोबासिलाई निस्सा बितरणको लागी फारम पुगेको र आज लाई बितरण गरिएको हो ।
“निस्सा प्राप्त गर्ने भूमिहीनलाई वडा कार्यालयले ऐलानी तथा पर्ति जग्गा पहिचान गरेर भूमि आयोगलाई जानकारी दिएपछि नापजाँच गरेर पुर्जा वितरण गरिनेछ”, भुमि आयोग धादिङका अध्यक्ष कृष्ण प्रसाद अर्यालले भने, “निस्सा वितरण गरेपछि वडा कार्यालयले सातदिने दाबी–विरोधसम्बन्धी सूचना जारी गर्छ। कसैको पनि दाबी विरोध नभए पुर्जा वितरण थालिनेछ ।”

भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गा प्राप्तिबापत राजस्व नलाग्ने तर अव्यवस्थित बसोबासीलाई आयआर्जन, सम्पत्ति, जग्गाको प्रकृति, जग्गाको क्षेत्रफल बसोबासको मूल्याङ्कन लगायत सम्पूर्ण सुविधालाई ध्यानमा राखेर मापदण्ड निर्धारण गरिएको आयोगले जनाएको छ । भूमिहीन दलित र सुकुम्बासीका लागि हिमाल र पहाडमा आवास निर्माणका लागि १० आना दुई पैसा तथा खेतीपाती गर्न पाँच रोपनी १४ आना एक पैसा जग्गा उपलब्ध गराइने आयोगले जनाएको छ ।

कार्यक्रममा प्रमुख अतिथी गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठले निस्सा बितरणको काम चार वटा गाउँपालिकामा जारी रहेको बताउनुभयो । गजुरी गाउँपालिकाले निस्सा बितरणका लागी निरन्तर पहल कदमी गरिरहेको र वडा नम्बर २ मा ३ सय ४७ जनालाई निस्सा बितरण गरिएको र यो अभियान जारी रहने बताउनुभयो । अब्यबस्थित २ सय १९ जना र सुकुम्बासि २४ जना रहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

गाउँपालिका उपाध्यक्ष शर्मिला बिसुरालले अहिले निस्सा बितरण गरिका ब्यक्हिरुलाई छिट्टै लालपुर्जा बितरणको थालनी गर्नुपर्ने बताउनुभयो । आज छुटपुट भएका ब्यक्हिरुलाई पनि अर्को योजनामा सामेल गराएर पुर्णता दिने कुरामा उहाँको जोड थियो ।

वडा नम्बर एकका अध्यक्ष तारानाथ भण्डारीले अब पुर्जा बितरणको काम सुरु हुने बताउनुभयो । उहाँले गाउापालिका तथा भुमि आयोगको नियमअनुसार जग्गा रहेमा सजिलै पुर्जा पाईने उहाँले बताउनुभयो । अब छुटपुट भएमा फेरि अर्को पटकको योजनामा सबैलाई समाबेश गरिने कुरामा बताउनुभयो ।

 

 

६ चैत्र २०८०, मंगलवार १६:४५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस