|  

संघीय संसदका पाँच समितिको बैठक बस्दै, कुनको कार्यसूची के छन् ?

८ चैत्र २०८०, बिहीबार ०७:०७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


चैत्र ८, काठमाडौँ । पाँच वटा संसदीय समितिको बैठक आज बस्दैछ । संघीय संसदका पाँच वटा समितिको बैठक बस्न लागेको हो । सबैजसो बैठक बिहान ११ः०० बजेदेखि सुरू हुनेछन् ।

जसअनुसार अर्थ समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानून, न्याय तथा मानव अधिकार समितिसहित महिला तथा सामाजिक मामिला समिति र विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्न लागेको हो । बिहान ११ बजे बस्ने आर्थिक समितिको बैठकमा आर्थिक वर्ष २०८१र८२ का लागि विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्त कर प्रस्ताव बाहेक सम्बन्धमा अर्थ मन्त्री वर्षमान पुनसँग छलफल हुनेछ । बैठकमा कार्ययोजना उपसमितिको प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची छ ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक साढे ११ बजेका लागि बोलाइएको छ । बैठकमा उदयपुर र हेटौंडा सिमेन्ट उद्योगका सम्बन्धमा उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयबाट समितिमा प्राप्त प्रतिवेदनमा छलफल गर्ने कार्यसूची छ ।

कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान १० बजे बस्नेछ । बैठकमा बाल सुधार गृहमा रहेका बालबालिका र कैद भुक्तान गरिरहेका व्यक्तिको मानवअधिकारको अवस्था र केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकमा दफावार छलफल गर्ने कार्यसूची छ ।

साढे १० बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा मन्जु शर्मा अन्सारीको निधनप्रति शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको छ । विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक ११ बजे बस्नेछ । समितिको कार्यक्षेत्र र कार्ययोजनाबारे छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

८ चैत्र २०८०, बिहीबार ०७:०७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस