यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महरा हाजिरी जमानीमा रिहा भएका छन ।
इलेक्ट्रिक चुरोट भेप मार्फत सुन तस्करी प्रकरणमा पक्राउ परेका महरालाई हाजिर जमानीमा छाड्ने सहमति दिइएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रवक्ता एवं न्यायाधिवक्ता सिताराम अर्यालयले जानकारी दिनुभयो ।
प्रवक्ता अर्यालका अनुसार महराको वयान कार्य सम्पन्न भइसकेको र उनको उमेर तथा शाररिक अवस्थाले समेत भाग्ने सम्भावना नभएकोले निजलाई हाजिरी जमानीमा छाड्न अनुसन्धान अधिकारीले गरेको अनुरोधलाई जिल्ला सरकारी वकिलको कार्यालयले सहमति दिएको हो ।