|  

रंगहरुको पर्व होली आज हिमाली र पहाडी भेगमा मनाइँदै

११ चैत्र २०८०, आईतवार ०६:२७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


चैत्र ११,काठमाण्डौँ । आज फागु पूर्णिका होली पर्व देशका अधिकांश क्षेत्रमा मनाइँदै छ । विशेषगरी यो पर्व आज काठमाडौं उपत्यकासँगै हिमाली र पहाडी क्षेत्रमा होली मनाइँदै छ ।
तराई–मधेशमा भने सोमवार होली परेको छ । होली पर्व असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको, दूराचारमाथि सदाचारको र अधर्ममाथि धर्मको विजय भएको खुसीयालीमा मनाइने गरेको किम्बदन्ती छ ।
एकअर्काका रङ दलेर होली मनाइने गरिन्छ । यसर्थ यसलाई रङहरूको पर्व पनि भनिन्छ । यो दिन सार्वजनिक बिदा परेकाले विभिन्न कन्सर्ट र सांस्कृतिक कार्यक्रम पनि हुने गरेका छन् ।
यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले होली पर्वको उपलक्ष्यमा शुभकामना दिएका छन् । शनिवार साँझ शुभकामना दिँदै उनले होलीले आपसी सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्याउनेमा विश्वास व्यक्त गरेका छन् ।
उनले यस पर्वले आपसी रिस, राग परित्याग गरी प्रेम र आत्मीयताद्वारा सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्याउनेमा विश्वास व्यक्त गरेका छन् ।

११ चैत्र २०८०, आईतवार ०६:२७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस