यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । यो साता नेपाली बजारमा सुनको मूल्य तोलामा ३५ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
गत साताको शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख २६ हजार ५०० रुपैयाँ थियो । यस्तै, गत शुक्रबार तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २५ हजार ९०० रुपैयाँ थियो । जसमा यो साताको शुक्रबारसम्मको अवधिमा प्रतितोला ३५ सय रुपैयाँको वृद्धि आएको हो ।
यससँगै छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३० हजार रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २९ हजार ४०० रुपैयाँ कायम छ । यो नेपाली सुनचाँदी बजारमा अहिलेसम्मकै कीर्तिमानी मूल्य हो । यसअघि सुनको मूल्य प्रतितोला १ लाख ३० हजार रुपैयाँ पुगेको थिएन ।
यो साता लगातार यसअघिको कीर्तिमानी मूल्यको ‘रेकर्ड ब्रेक’ गर्दै नयाँ कीर्तिमान कायम गरेको हो ।
यो साता चाँदीको मूल्य समेत प्रतितोला २५ रुपैयाँले बढेको छ । गत साताको शुक्रबार तोलामा १५ सय रुपैयाँ रहेको चाँदीको मूल्य यो साताको शुक्रबारसम्म