|  

सुनकोसी मरिण डाइभर्सनः ब्रेक थ्रुुको तयारी

१८ चैत्र २०८०, आईतवार १४:२९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । सुनकोशी–मरिण डाइभर्सन अन्तर्गतको सुरुङ निर्माणको काम एक महिनाभित्रै ’ब्रेक थ्रु’ हुने भएको छ । १३ दशमलव तीन किलोमिटरमध्ये हालसम्म १२ दशमलव ५ सय १७ किलोमिटर सुरुङ निर्माणको काम सम्पन्न भइसकेको आयोजनाले जनाएको छ ।

सुनकोसी मरिण डाइभर्सन आयोजना कार्यालयका अनुसार हालसम्म ९० प्रतिशतभन्दा बढी सुरुङ खन्ने काम सम्पन्न भइसकेको छ । तीब्रगतिमा निर्माण भइरहेको सुरुङको उर्जा जलस्रोत तथा सिचाई मन्त्री शक्तिबहादुर बस्नेतले शनिबार आयोजना स्थलमै पुगेर सुरुङ निर्माण कार्यको निरिक्षण गर्नुभएको छ ।

करिब ८०० मिटर मात्रै खन्न बाँकी रहेको सुरुङ्को अवलोकन गर्दै मन्त्री बस्नेलले तीब्रगतिमा सुरुङ्को निर्माण कार्य भइरहेकाले एक महिनाभित्र ब्रेक थ्रु हुने विश्वास व्यक्त गर्नुभयो ।

सुनकोसी गाँउपालिकाको वडा नम्बर ६ र ७ को सिमानामा पर्ने कानढुङ्ग्रीबाट सुनकोसीको पानी मरिणमा खसाल्न सुरुङ निर्माण गरिएको हो । कमलामाई नगरपालिका(२ को कुसुमटारबाट १३ दशमलब ३ किलोमिटर सुरुङ निर्माण भएपछि कानढुग्रीमा पुगेर सुनकोसी नदी भेट्न सकिन्छ ।

२२ महिनामा सुरुङ निर्माणको काम सम्पन्न गर्ने गरी टनेल बोरिङ मेसिनबाट निर्माण गर्न थालिएको सुरुङको भौगोलिक समस्या नआए लक्ष्य भन्दा ६ महिना अगाडीनै ब्रेक थ्रु हुने आयोजनाले जनाएको छ ।

 

१८ चैत्र २०८०, आईतवार १४:२९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस