यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
गजुरी गाउँपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा बाल विबाह अन्त्यका लागि समुदाय परिचालन कार्यक्रम आदर्श माध्यमिक बिधालयको सभाहलमा सम्पन्न भएको छ।
विद्यार्थी भाइबहिनीहरुले धेरै कुरामा बिचार पुर्याउनु पर्छ।”प्रेममा परेर आफ्नो भविष्यको ख्याल गरेर मात्र बिवाह गर्नुपर्ने गजुरी गाउँपालिका अध्यक्ष श्रेष्ठले बताउनुभयो।
गजुरी गाउँपालिकालाई बालबिवाह मुक्त गाउँपालिका बनाउने उदेश्यका साथ अभियान कै रूपमा सचेतनामुलक कार्यक्रम सन्चालन गरेको गजुरी गाउँपालिका अध्यक्ष गणेश लाल श्रेष्ठले बताउनुभयो।
शिक्षामा हामिले प्राथमिकता दिएका छौँ।बालबिवाह अहिलेको समयमा घट्दो छ तर यो उमेरमा तत्लो सहरिक्षेत्रमा बुझेर,र ग्रामीण भेगमा नबुझेर बिवाह भएको हो।सानै उमेरमा बिवाह गरेमा शरीर परिपक्व हुँदैन।गरिवको कारण अशिक्षितको कारण बिवाह हुने गरेको बताउदै महिलाहरु बाध्यताले बिवाह हुने गरेको गजुरी गाउँपालिका उपाध्यक्ष शर्मिला बिसुरालले बताउनुभयो।
बालबिवाहले गर्दा पर्ने असर ,शिक्षा,जनचेतनामुलक कार्यक्रम सन्चालन गर्ने,बालबालिकाहरुलाई पढ्न पढाउने,सचेत हुनुको लागि हाम्रो सुन्दर भबिष्यको बारेमा सोच्न,सडक नाटक,प्रचार प्रचार गरेको जनचेतनामुलक कार्यक्रम लेराउने बिषयमा गजुरी गाउँपालिका अगाडि बढेको समेत बताउनुभएको हो।
मन्जुरी बिना बिवाह गर्नु नहुने,बालबिवाह भएमा वडा अथवा पालिकाको महिला बालबालिका शाखाका खबर गर्नु पर्ने सरस्वती सिल्वालले बताउनुभयो।