|  

‘अनुदान कार्यक्रम रोकेर पनि पोत्साहन दिने व्यवस्था मिलाईन्छ’ : मुख्यमन्त्री जमकट्टेल

२० चैत्र २०८०, मंगलवार १४:१० प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी । बागमती प्रदेशका मुख्य मन्त्री शालिकराम जम्कटेलले अनुदान कार्यक्रम रोकेर कामको आधारमा पोत्साहन दिने व्यवस्था ल्याउने बताउनुभएको छ ।

मुख्य मन्त्री जम्कटेलले व्यक्ति हेरेर अनुदान दिँदा सरकारको पैसा लापरबाही हुने भएकाले मोडेल फेरेर कामको आधारमा पोत्साहन भत्ता दिने कार्यक्रम ल्याउन सचिवहरुलाइ निर्देशन दिनु भएको हो ।

हिजो मात्र बिश्वासको मत लिनुभएका मुख्यमन्त्री जमकट्टेलले प्रदेशको प्रमुख सचिव घनश्याम उपाध्यायलाई बिदाइ गर्ने क्रममा सचिवहरुलाइ निर्देशन दिनु भएको हो । सचिवहरुलाइ निर्देशन दिँदै जनताको विकास र देखिने खालको काम गर्न निर्देशन समेत दिनु भयो । जनताको विकासमा आएको फाइल धन्काएर नराख्न समेत निर्देशन दिनुभयो ।

२० चैत्र २०८०, मंगलवार १४:१०  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस