यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलका नेता जोखबहादुर महराले आज लुम्बिनी प्रदेशको मुख्यमन्त्रीको शपथ लिने भएका छन्।
केन्द्रमा गठबन्धन फेरबदल भएसँगै एमालेको समर्थनमा महरा मुख्यमन्त्री बनेका हुन् । उनलाई प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।
महरालाई ४८ सांसदले समर्थन गरेका छन् । त्यसमध्ये गठबन्धन दलका ४७ र एक स्वतन्त्र सांसद हुन्। मुख्यमन्त्रीमा शपथ लिएसँगै आजै सानो आकारको मन्त्रीमण्डल गठन गर्ने उनको तयारी छ । आज दिउँसो पौने २ बजे उनको शपथ हुने जनाइएको छ।
लुम्बिनीमा गठबन्धनले मन्त्रालय भागवण्डा पनि लगभग टुंग्याइसकेको छ । जसअनुसार माओवादी केन्द्रले मुख्यमन्त्रीसहित ३ मन्त्रालय पाउने भएको छ भने एमालेले ५, जसपाले २ मन्त्रालय पाउनेछन्। त्यस्तै एकीकृत समाजवादी र एक स्वतन्त्र सांसदले पालैपालो एक मन्त्रालय पाउने भएका छन्।