|  

गलत प्रवृत्तिलाई निरुत्साहित गर्दै सुशासनको पक्षमा लागिपरेका छौ : सञ्चारमन्त्री शर्मा

२५ चैत्र २०८०, आईतवार १५:१३ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौं। सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले आफूहरू बेथिती र गलत प्रवृत्तिलाई निरुत्साहित गर्दै सुशासनको पक्षमा निरन्तर लागिपरेको बताएकी छन् ।

प्रेस सेन्टर नेपालको केन्द्रीय पदाधिकारीको पाँचौ बैठकलाई सम्बोधन गर्दै उनले बेथिती र गलत प्रवृत्तिविरुद्ध अन्तिम समयसम्म लडिरहने बताइन् ।

विशेषगरी आइटी क्षेत्रमा सीमित व्यक्तिको हालीमुहाली रहेको र त्यसलाई तोडन खोज्दा पटक(पटक मुद्दा मामिला बेहोर्नु परेको उनको भनाइ छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लिएको सुशासन र समृद्धिको लक्ष्य पूरा गर्न सञ्चार मन्त्रालय र मातहतका निकायहरु जोडतोडका साथ लागिपरेको उनको भनाइ थियो ।

आमसञ्चारका क्षेत्रमा सञ्चार मन्त्रालयले अहिले बढीभन्दा बढी काम गरिरहेको भन्दै मन्त्री शर्माले मन्त्रालयले ल्याएको मिडिया काउन्सिलसम्बन्धी विधेयकले सबै प्रकारका मिडियालाई संरक्षण, नियमन गर्न सक्ने बताइन् ।

माओवादीले अहिलेसम्म ऊर्जापछि सबैभन्दा धेरै पटक सञ्चार मन्त्रालयको नेतृत्व लिएको भन्दै उनले त्यसैको परिणाम अहिले गाउँगाउँका जनता हातहातमा सञ्चारको पहुँच पुर्याउन सकिएको बताइन् ।

२५ चैत्र २०८०, आईतवार १५:१३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस