यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले निर्वाचनसम्बन्धी विधेयक तत्काल संसदमा पेश गर्ने बताएका छन्। आइतबार निर्वाचन आयोगका पदाधिकारीहरुसँगको अन्तरक्रिया कार्यक्रममा उनले राजनीतिक दलसम्बन्धी विधेयक र निर्वाचन आयोगसम्बन्धी विधेयक तत्काल संसदमा पेश गर्ने बताएका हुन्।
यसबाट समग्र निर्वाचनमा प्रणालीमा देखिएको विकृति, विसंगतिको समस्या हल हुने र राजनीतिक दलहरु र सिंगै मुलुकको लोकतन्त्र बलियो हुने उनले विश्वाससमेत व्यक्त गरे।
आफूले आयोगका पदाधिकारीलाई निर्वाचनसँग सम्बन्धित विधेयकहरु संसदमा पेश गरेर चाँडोभन्दा चाँडो ती विधेयकलाई पारित गर्ने हुटहुटी आफूमा रहेको कुरा पनि आयोगसमक्ष राखेको उपप्रधानमन्त्री लामिछानेले बताए। उनले ती विधेयकहरुमा अन्तिम छलफल गरेपछि तुरुन्तै संसदमा लैजाने पनि बताए।