|  

गजुरीको आधामारामा युवालाई लक्षित गरि व्याबसायिक सिपमुलक ३२ दिने तालिम शुभारम्भ

२५ चैत्र २०८०, आईतवार १७:२१ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी गाउँपालिका वडा नं.१ वडा कार्यालयको समन्वय र व्यावसायिक तथा सीप विकास तालिम केन्द्र गजुरी, धादिङको सहयोगमा संचालित युवा लक्षित व्यावसायिक एवं सीपमुलक ३२ दिने तालिम गजुरी १ आधामारामा शुभारम्भ भएको छ।
आइतबार कार्यक्रममा प्रमुख अतिथि गजुरी १ का वडा अध्यक्ष तारा नाथ भण्डारीले बेमौसमी तरकारी खेति तालिम अनिवार्य सहभागीता साथ उपस्थित भएर सीप सिकेर व्यबहारमा उतार्न साथै जिविकोपार्जन गर्न आयआर्जनका निम्ति गतिलो बाटो भएको बताउनुभयो।
व्यावसायिक तथा सीप बिकास तालिम केन्द्र गजुरीका प्रमुख पुरुषोत्तम पाण्डेले सीप सिकि व्यबहारमा उतारी उत्पादन गरि जिवनस्तर उकास्न आग्रह गर्नुभयो। परम्परागत शैलीले निर्वाह मुखी खेती प्रणालीलाई भन्दा आधुनिक खेतीमा ध्यान दिन आग्रह गर्नुभएको हो।



सीप सिकेर आधुनिक रुपमा व्यावसायिक तरिकाले खेती गर्ने उदेश्यले यो सन्चालन गर्न लागेको बताउनुभयो।

२५ चैत्र २०८०, आईतवार १७:२१  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस