यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
गजुरी । आज विद्युतीय सुरक्षा दिवस मनाइदैछ ।
“विद्युत दुर्घटनाबाट बच्न सचेत रहौं, सम्वृद्धिको लागी विद्युतको सदुपयोग गरौ ।” भन्ने नाराका साथ विद्युतीय सुरक्षा दिवस मनाइदैछ ।
हरेक वर्ष २६ चैत्रमा विद्युतीय सुरक्षा दिवस मनाउन सुरु गरिएको हो ।
नेपाल विद्युत प्राधिकरण, धादिङ गजुरी र सोसाइटी अफ इलेक्ट्रिकल इन्जिनियर्सको संयुक्त आयोजनामा विद्युतीय दुर्घटना न्यूनीकरणका लागी जनचेतना दिन सुरक्षीत विद्युत सेवाको सहज पहुँच, गुणस्तरिय सामानको प्रयोग र किफायती उपभोग एवं चुहावट नियन्त्रण कार्यको उपभोक्तामा वढी भन्दा वढी सचेतना र जागरुकता संचार गरी विद्युत दुर्घटनामा कमी ल्याउनु यो दिवसको मुख्य उद्देश्य रहेको प्राधिकरणले जनाएको छ ।
जोखिमपूर्ण अवस्थामा रहेका जीर्ण, पोल तार र लाईन सामाग्री फेर्ने, सुरक्षात्मक प्रणाली सुधारका लागी पुराना सवस्टेशनको स्तरोन्नती गर्ने, ट्रान्सफरमरको क्षमता वृद्धि गर्ने, कन्डक्टरको क्षमता वृद्धि गर्ने, इन्सुलेटेर कन्डक्टरको प्रयोग गर्ने लगायतका कामहरु निरन्तर रुपमा अगाडि बढाईएको छ ।
विद्युत वितरण प्रणालीमा कार्यरत जनशक्तिलाई विद्युतीय सुरक्षाको महत्व बुझाउने, सुरक्षात्मक उपकरणको प्रयोग गर्न लगाउने, विद्युत माग र आपूर्ति पक्षको व्यवस्थापन गर्ने र किफायती उपकरणको प्रयोगमा जानकारी गराई गुणस्तरीय उपकरण मात्र प्रयोग गर्न समग्र उपभोक्ता वर्गलाई जनचेतना जगाउने आदी कार्यहरु निरन्तर भइरहेको आजको र्यालीमा बताईएको छ ।