यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी प्रकणमा संसदीय छानबिन समितिको अडानलाई यथावत राख्ने भएको छ । सोमबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको शीर्ष नेताको बैठकले सो निष्कर्ष निकालेको छ।
बैठकले सहकारी ठगीमा जोडिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको विकल्प नभएको निष्कर्ष निकालेको हो ।
कांग्रेस सांसद तथा सहमहामन्त्री जीवन परियारले मंगलबार संसदीय कार्यसमिति र दलको बैठक बस्ने बताए । संसदीय छानबिन समिति गठनमा सरकारको धारणाअनुसार नयाँ रणनीति बनाएर अगाडि बढ्ने उनले बताए ।
पार्टीको संसदीय दलको बैठकले संसदमा आएका महत्वपूर्ण विधेयकमाथि छलफल गरेर समान धारणा बनाउने छ ।