यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । मोजाम्बिकको उत्तरी प्रान्त नाम्पुलाको मोजाम्बिक टापु नजिकै आइतबार अत्यधिक भार भएको एक डुङ्गा पल्टिँदा कम्तीमा ९१ जनाको मृत्यु भएको सरकारी रेडियो मोजाम्बिक आरएम ले जनाएको छ ।
रेडियोका अनुसार दुर्घटनामा ९१ जनाको मृत्यु भएको, ३० जना बेपत्ता रहेका र पाँच जनालाई जिवितै उद्धार गरिएको छ । दुर्घटनामा बालबालिका र महिलासमेतको मृत्यु भएको बताइएको छ ।
मोसुरिल जिल्लाबाट उडेको जहाजले १३० यात्रु बोकेको नाम्पुला प्रान्तका एक मन्त्री जैमे नेटोले जानकारी गराए ।
नेटोले आरएमलाई हैजाको प्रकोपको बारेमा गलत सूचनाका कारण आतङ्कित यात्रुहरूले आफ्नो मूल बाटो छोडेर उक्त डुङ्गामा चढेका र दुर्घटनामा परेका बताएका छन् ।