यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
डोल्पा सदरमुकाम दुनैमा नेपाली सेनाको ब्यारेकबाट सल्किएको आगोले जंगलनै सखाप बनाएको छ ।
ब्यारेकबाट आगो ठूलीभेरी नगरपालिका–४ स्थित मष्टा भवानी सामुदायिक वनमा फैलिएको थियो। दुनैस्थित सेनाको देवीदत्त गण ‘क’ भदालेका सैनिक जवानहरूले ब्यारेकको फोहोर व्यवस्थापनका क्रममा आगो जंगलमा सल्किएको हो ।
आगो निभाउने क्रममा चारजना सैनिक जवान घाइते भएका छन् । घाइते चारैजनालाई प्राथमिक उपचारपछि थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं पठाउन लागिएको जानकारी दिइएको छ ।