यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले व्यवसायीहरूलाई कानुनको अधीनमा रहेर व्यापार व्यवसाय गर्न सक्ने वातावरण बनाउन सरकार सक्षम रहेको बताएका छन् । उनले सबै व्यवसायीहरूलाई समेत प्रचलित नियम कानुनको अधीनमा रहेर व्यापार व्यवसाय गर्न आग्रह गरे ।
बिहीबार पर्सामा भएको राजस्व अभिवृद्धि तथा चुहावट नियन्त्रण सम्बन्धी गोष्ठीमा गृहमन्त्री लामिछानेले राजस्व चुहावट नियन्त्रण, प्रतिबन्धित सामान र अखाद्य बस्तु नियन्त्रणमा सबैको सक्रियता आवश्यक रहेको बताए । उनले गलत क्रियाकलापमा संलग्नलाई कानुनी दायरामा ल्याउन र आम नागरिकले सुरक्षित महसुस गर्ने गरी भयरहित समाज निर्माणमा सबै मिलेर जानुपर्ने विचार व्यक्त गरे ।