|  

सरकारले मुलुकलाई तानासाहीतर्फ लैजान खोजिरहेको कांग्रेसको निष्कर्ष

२ बैशाख २०८१, आईतवार ११:४८ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


बैशाख २, काठमाडौँ । नेपाली कांग्रेसले सरकारले मुलुकलाई तानासाहीतर्फ लैजान खोजिरहेको निष्कर्ष निकालेको छ ।

आइतबार बसेको संसदीय दल बैठकपछि प्रमुख सचेतक रमेश लेखकले पर्याप्त समय हुँदाहुँदै सरकारले संसदको चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरेर तानासाही प्रवृत्ति देखाएको बताए ।

बैठकले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार गैरजिम्मेवार, जवाफदेहीताबाट भाग्ने र संसदीय अभ्यास तथा पद्धतीबाट टाढा जानेगरी मुलुकलाई तानासाहीतर्फ लैजान खोजिरहेको निष्कर्ष निकालेको लेखकले जानकारी दिए ।

२ बैशाख २०८१, आईतवार ११:४८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस