|  

उपनिर्वाचनको मतपत्र सार्वजनिक

३ बैशाख २०८१, सोमबार १८:२६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


बैशाख ३, काठमाडौँ । निर्वाचन आयोगले बैशाख १५ गते हुने उपनिर्वाचनको वास्तविक मतपत्रको नमुना सार्वजनिक गरेको छ ।

आयोगले इलाम प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ र बझाङ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं १ को वास्तविक मतपत्रको नमुना सार्वजनिक गरेको हो ।

सार्वजनिक मत्रपत्रअनुसार १९ वटा निर्वाचन चिन्ह रहेका इलाम प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ र ११ वटा निर्वाचन चिन्ह रहेको बझाङ प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं १ को पहिलो नम्बरमा नेकपा एमालेको सूर्य चिन्ह रहेको छ ।

३ बैशाख २०८१, सोमबार १८:२६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस